अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ, यो राजद्रोह हो : नेता शाही
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको माग गरेका हुन् । “बजेटबन्दा करका दर हेरफेर तथा दर कति हुन्छन् भन्ने अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन । उनले करका दर हेरफेर हुन लागेको सूचना लिक गरिएको भन्दै आपत्ति जनाए । अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ । यो राजद्रोह हो,” उनले भने ।
















