प्रधानमन्त्री प्रचण्ड : संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीय शिक्षा ऐनका बारेमा धेरै लामो समयदेखी कुरा उठेपनि अहिलेसम्म पास हुन सकिरहेको छैन् ।

प्रधानमन्त्रीको हैसियतले मंगलबार सो ऐन मंगलबार बस्ने मन्त्रीपरिषदको बैठकबाट पारित गरेर सदनमा पठाउँछौँ उनले भने । संघीय शिक्षा ऐन पहिलो पटक मन्त्रिपरिषद्को बैठकबाट पारित हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । उक्त ऐन लागू भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याको समाधान हुने प्रधानमन्त्री प्रचण्डले बताए ।

संघीय शिक्षा ऐन नबन्दा ‘शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयालाई जनताको मौलिक अधिकारको रुपमा रहे पनि धेरै समस्या भएको उनको भनाइ छ । नेपालमा संघीय शिक्षा ऐन लागू हुनु आफैंमा ठूलो कुरा हो उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *