कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाले गरे दाबी पेस

काठमाडौं । कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापासँगै माओवादीका इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका राजेन्द्र राई पनि प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

अब प्रदेश प्रमुख खापुङले कांग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गर्ने छन् । थापालाई मुख्यमन्त्री नियुक्त गर्न आजै सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर बहुमत जुटाउन सघाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *