सेगवेका इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ब्याजदरमा


काठमाडौँ । सेगवे इलेक्ट्रिक स्कुटरका लागि ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँचयोग्य बनाउन यो सुविधा ल्याएको कम्पनीले जनाएको छ । सेगवेको ० प्रतिशत फाइनान्सिङ सेवाले ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य रहेको जनाएको छ । यो अफर सेगवेका एन१००, ई१००, ई११०, र ई१२५ मोडेलमा उपलब्ध हुने छ । ० प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको जनाइएको छ ।

१८ महिनासम्मको सहज ईएमआई प्रदान गर्ने कम्पनीले जनाएको छ । यो सेवाले ग्राहकहरुलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यवहारिक बनाएको कम्पनीको दाबी छ । स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ । सेगवेमा, कम्पनीले आफ्ना ग्राहकहरूको विविध आवश्यकता र प्राथमिकताहरूलाई मान्यता दिएको छ । यो कुरालाई ध्यानमा राख्दै, सेगवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ। जसमा ग्राहहरूले आफ्नो अव्यवस्थित स्कुटरहरूमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन् । कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्ना ग्राहकहरूका लागि ० प्रतिशत फाइनान्सिङ सेवालाई सहज बनाएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *