नेपाल बैंकको नाफा साढे ३ अर्ब


काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.७० प्रतिशत बढेर ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेर ९ अर्ब ४४ करोड १५ लाख रुपैयाँ गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेर ९२ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेर १० अर्ब ७४ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा २१.१९ प्रतिशत बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

सो आधारमा बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष १८.५७ प्रतिशत २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ, निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ४४ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ४.३२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २.९२ रुपैयाँ बढेर २३.२२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८.९४ रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ६.९७ प्रतिशत, आधार दर ९.९२ प्रतिशत, स्प्रेड दर ३.९५ प्रतिशत र सीडी रेसियो ९.९२ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *