सांग्रिला डेभलपमेण्ट बैंकको नाफा ३४.३७ करोड


काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकका अनुसार गत असारसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *