ललिता निवास प्रकरणका आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरी अनुसन्धान ब्युरोका अनुसार ६९ वर्षीय भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र ६९ वर्षीय पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । अहिलेसम्म ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ । जग्गा प्रकरणमा संगठित किर्ते मुद्दामा अनुसन्धान जारी छ ।