कांग्रेसले भन्यो- के मुद्दामा शर्मा पक्राउ परेका हुन् जानकारी छैन

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल भएको छ । कांग्रेसका सांसद शर्मालाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्यसमिति बैठकमा छलफल भएको हो ।

संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताए । उनले भने, ‘केका लागि किन पक्राउ गरेका भन्ने थाहा लागेपछि धारणा सार्वजनिक गछौं।’

उनले सभामुख र सिआइबीबाट जानकारी लिएपछि आधिकारी धारणा बनाउने बताए ।

सांसद शर्माले के कसुर गरेका हुन् र के छानबिन हुन्छ भन्नेबारे आधिकारिक जानकारी लिएपछि मात्रै पार्टीले बोल्ने उनको भनाइ छ । मोरङ ३ बाट निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते मुद्दामा प्रहरीले पक्राउ जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *