हामी ओपिनेन नबनौँ, हेरौँ सत्य के हो ? : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीका लागि मात्र काम गर्न नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउन मात्र नभई राम्रोका लागि गर्नु पर्ने प्रष्ट पारे ।

‘हामी स्याले नहोऔँ, कसैले सुनियोजित तरिकाले प्रचार गर्‍यो भने त्यो मेन स्ट्रिम बन्दलिन्छ, त्यही नै हो हो मा हामी लाग्छौ,’ उनले भने, ‘त्यसरी हामी ओपिनेन नबनौँ, हेरौँ सत्य के हो ? त्यसरी जान जरुरी छ, सो अपका लागि मात्र काम नगरौँ । ’

मन्त्री महतले विदेश पलायनभन्दा नेपालमै केही गर्नु पर्ने र यहाँको सम्भावना प्रचुर रहेको बताए । युवाहरूलाई सरकारले सहयोग गर्ने र सबै आफ्नो सपना नेपालमै बसेर पूरा गर्न सक्नु पर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *