सुन तस्करीबारे आज पत्रकार सम्मेलनमा ओलीले प्रमाण प्रस्तुत गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक विषयमा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले दुई साताभन्दा बढी समयदेखि संसद् अवरोध गर्दै आएको छ । संसद् अवरोध किन गर्नुपरेको हो भन्ने विषयमा ओलीले आज प्रस्ट पार्ने भएका छन् । संसद् बैठक आज पनि बोलाइएको छ । तर एमालेले संसद् चल्न दिने नदिने केही खुलेको छैन । एमाले नेताहरूका अनुसार ओलीले आज एक क्विन्टल सुन तस्करी हुँदा भन्सार विभागबाट कहिले कहिले के के पास भयो भन्ने आवश्यक कागजात पनि सार्वजनिक गर्ने भएका छन् ।

त्यसका साथै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका दुई छोरा सुन तस्करीमा कसरी जोडिएका रहेछन् भन्ने विषय पनि ओलीले बाहिर ल्याउने भएका छन् । यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैलाई सिआईबीले बुझाएको प्रतिवेदन लुकाएर ढाँट्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *