तीनै तहका सरकार एक अर्कोको परिपुरक : प्रधानमन्त्री

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् ।

विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन ।कर्णालीको समस्या नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्याता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताउँदै उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ । प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *