विद्युत प्राधिकरणको बनस्थली कार्यालयमा आगलागी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।