भारत-चीन सीमा समस्या समाधान गर्न मोदी र सीबीच सहमति
काठमाडौं । चीनका राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेका उनीहरुबीच बुधवार एक्लाएक्लै भेटवार्ता भएको हो ।
सो भेटमा उनीहरुबीच दुई देशबीचको विवादास्पद सीमामा विद्यमान समस्या समाधान गर्ने सहमति भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको अनुरोधमा सीले उनलाई भेटेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा दुई राष्ट्रबीच विवाद चल्दै आइरहेको छ । जसकारण
सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ ।