केपी ओलीका कारण एमाले संकटग्रस्त बन्दै छ : घनश्याम भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा नेकपा एमाले अध्यक्ष ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा हाबी भएको बताए ।
महासचिव भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरू आएको बताए । यसै क्रममा उनले ओलीका कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको दाबी गरे ।
‘राजनीतिमा जब ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको संस्कृति हुँदै गयो, अहिले त ओली जीभन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु आइपुगे,’ उनले भने, ‘ओली जीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दै छ ।’
यस क्रममा गठबन्धनमा कांग्रेससँगै आफूहरू रहे पनि कांग्रेस आफूहरूको सिद्धान्त नभएको बताउँदै उनले गठबन्धन आफूहरूको भाग्य भविष्य नभएको बताए ।