माछापुच्छ्रे बैंकको प्रायोरिटी पास
काठमाडौं । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।
प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जसअन्तर्गत बेलायतको कोलिन्सन ग्रुपले व्यवस्थापन गरेको संसारभरका १ सय ४० भन्दा बढी देशका ६ सय ६० सहरका १४ सयभन्दा बढी विमानस्थलमा रहेका एयरपोर्ट लाउन्जमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ । प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्छ ।