सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्यो डिजिटल बीमा


काठमाण्डौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपिल डिजी प्रणाली प्रचलनमा ल्याएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रुपमायस प्रणालीको शुभारम्भ गरेका हुन्। सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक यो प्रणाली ल्याईएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस प्रणालीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।

शुभारम्भ कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए। कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए। प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे। कम्पनीका अनुसार एसपिल डिजी डिजिटल प्रणाली भएको हुदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति बिना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकावाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *