गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको छ- ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको आरोप लगाएका छन् ।

आइतबार विराटनगरमा आयोजित एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनले गठबन्धनको नाममा पटक पटक लोकतान्त्रिक अभ्यासविरुद्ध काम गरेको आरोप लगाएका हुन् ।

उनले भने- ‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् । तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ ।’

ओलीले सर्वोच्चले अवैध ठहर गरिसक्दा पनि कोशी प्रदेशको सरकार नछोडेको भन्दै गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा खोजेको पुष्टि भएको टिप्पणी गरे ।

उनले भने- ‘अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् । गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *