नेपाली सेनाका डोल्पाका गुल्मपति आइतबार साँझ ७ बजेबाट सम्पर्कविहीन

काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । ‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’ ।

पोखरेलले भने– ‘उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’ साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *