सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा शाखाले कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई दुई र नवलपुरलाई १३ गरी कुल १५ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताका भान्छा घरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको बताएको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनमा योगदान गर्ने योजना रहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *