रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौ वर्षमा


काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रम गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय,बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्आश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामान वितरण, वृक्षारोपण लगायतका कार्यक्रम गरेको जनाएको छ ।

हाल सम्मको उपलब्धीवाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको उल्लेख गर्दै कम्पनीले भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षा गरेको उल्लेख गरेको छ । आगामी दिनमा सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता समेत कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *