एनआईसी एशिया बैंकको चापागाँउ शाखा कार्यालय स्थानान्तरण


काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेका चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी ११ नगरपालिको भवन बज्रबाराहीमा सरेको हो ।

साविकको स्थानबाट ८ सय मिटर उत्तर पूर्वतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । अत्यावश्यक जानकारीका लागि चापागाँउ शाखाका शाखा प्रबन्धक हिरा बहादुर तामाङको ९८०१९८२२९५ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *