पेप्सीकोलामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बा २ ज ४८४८ नम्बरको बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा १४ जना घाइते भएका छन्। कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीका अनुसार अनियन्त्रित रहेको बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि घाइते भएका सबैजनालाई वीर अस्पताल लगिएको उनले बताए । बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *