कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने

काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्च अदालतले तयारी गरेको छ ।

सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरूले मङ्गलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका छन् ।

इजलासको नेतृत्व न्यायाधीश सपना प्रधान मल्लले गरेकी छन् । उनले प्रदेश सभाको अध्यक्षता गरेकाहरूले पनि मङ्गलबार नै आफ्नो कुरा राख्न पाउने बताइन् । सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरूले ४ घण्टामा आफ्ना कुरा राख्न पाउनेछन् । कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *