‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्म
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ २१ बाट सुरू गरेर ३० गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । आनन्दनगरस्थित आफ्नो टोयोटा शोरूममा यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’लाई सहयोग गर्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको बताएको छ ।
बडा दशैँ २०८० लाई बिशेष लक्षित गरि आयोजना गरिएको यो उत्सवमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बीमा लगायतका उपहार पाउने कम्पनीले विज्ञप्ति जारी गरेर बताएको छ । त्यसैगरी, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकले ‘लक्की ड्र’मार्फत उपहारहरु जित्न सक्ने कम्पनीले बताएको छ । कम्पनीसँग प्रशस्त गाडीको स्टक रहेको हुँदा ग्राहक निर्धक्कले टेस्ट ड्राइभका लागि आउँदा हुने कम्पनीले बताएको छ । त्यसैगरी, ग्राहकको सजिलोका लागि नबिल बैंक र एभेरेष्ट बैंकमा बैंकिङ फाइनान्सको व्यवस्था मिलाइएको कम्पनीले बताए । यस पटकको नाडा अटो–शोमा भने टोयोटाको उपस्थिति नरहने कम्पनीले बताएको छ ।