वीपीको समाजबाद व्यवहारमा लागु हुन सकेन : नेता कोइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले वीपीको समाजबाद व्यवहारमा लागु हुन नसकेको बताएका छन् ।

आइतबार चितवनमा आयोजित ११० औं वीपी जयन्तीको अवसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रममा बोल्दै कोइरालाले वीपीले भने जस्तो गरीब असाहय र समाजमा पछाडी परेकाहरुलाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको र वीपीको समाजबाद पनि व्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।

अग्रज नेताहरुको सम्झनामा बनाईएका कतिपय शालिकहरु आन्दोलनको क्रममा तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनले बताए । नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य शहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे । अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफुले लागेको उनको भनाइ छ ।

भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा उक्त शालिक निर्माण गरिएको हो । उक्त स्थानमा २०५३ सालमा ढलोटको पुर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *