हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै


काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *