सन नेपाल लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने


काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर असोज २ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बिहीबार (असोज ४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । नियमअनुसार मंगलबार सूचीकृत भएको कम्पनीको सेयर बुधबारदेखि दोश्रो बजारमा कारोबार हुनु पर्ने हो ।

तर बुधबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार बन्द छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १५८.४१ रुपैयाँ र अधिकतम ४७५.२३ रुपैयाँ तोकेको छ । कम्पनीको सेयर कारोबारको लागि सिम्बोल ‘एसएनएलआई’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको ठमेलस्थित रहेको एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *