कांग्रेसले बनायो नीति अधिवेशन लक्षित समिति
काठमाडां । नेपाली कांग्रेसले आगामी मंसिरमा गर्ने महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउने भएको छ । महासमिति बैठकलाई नीति महाधिवेशनका रुपमा अघि बढाउँदै कांग्रेस रुपान्तरणको लक्ष बनाएको कांग्रेसले आयोजक समिति समेत गठन गरेको छ ।
केन्द्रीय समिति बैठकले सोमबार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । यसबाहेक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको नीतिसम्बन्धी प्रतिवेदन तयार पार्ने समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन समिति तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा समसामयिक राजनीतिक प्रतिवेदन निर्माण समिति गठन भएको एक पदाधिकारीले जानकारी दिए ।