ॐ हस्पिटल र एसविआई बैंकबीच सम्झौता


काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबिआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकको केन्द्रिय कार्यालय कमलादिमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एसविआई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सिइओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नेपाल एसबिआई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका प्रमुख वित्तिय अधिकृत मो.रिजवान आलमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा नेपाल एसविआई बैंकका तर्फवाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ विजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, विजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फवाट विजनेश डेभलपमेन्ट म्यानेजर बिनोद अधिकारीको पनि उपस्थित रहेको थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ । मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *