बुधबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घट्यो

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।यसअघि अघिल्लो दिनपनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।ख

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *