एमसीसी – प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेपाल आउँदै

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएका छन् ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल यही असोज १४ गते नेपाल आउन लागेको हो । अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ ।

नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन गर्ने छन् ।

उक्त टोलीले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि समयमै एमसीसीको कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने बताइएको छ । पाँच दिने भ्रमण सकेर असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *