इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्रा अवलोकन गर्न बिहीबार बसन्तपुर पुगेका छन् ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
इन्द्रजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।