गल्फ लुब्रिकेन्टका चैनपुर र झापामा दुई नयाँ शोरुम


काठमाण्डौं । नेपाल ल्युब आयल लिमिटेडले पूर्वी पहाडी दुई जिल्लामा गल्फ लुब्रिकेन्टका दुई नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले संखुवासभा जिल्लाको चैनपुर र झापा जिल्लाको बिर्तामोडमा दुई नयाँ शोरुमको उद्घाटन गरेको हो । कम्पनीले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारिक बिक्रेता सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उद्घाटन गरेको बताएको छ । ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सहज रुपमा उपलब्ध गराउने उद्देश्यले ती नयाँ शोरुमहरु सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

लक्की सप्लायर्स शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरी र कार्यक्रमका अध्यक्ष निग्मा डोरेले गरेका हुन् भने सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको शोरुमको उद्घाटन करण चौधरीले गरेका हुन् ।सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक चौधरी भने, ‘गल्फ एक विश्वप्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाई उच्च सेवा प्रदान गर्ने हाम्रो मूल उद्देश्य हो । यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठूलो भूमिका निर्वाह गर्दछ । यही उद्देश्यले दुई नयाँ उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएका हौँ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ लुब्रिकेन्ट विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादनहरु उपलब्ध गराउँछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *