हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’शुक्रवारबाट गर्ने
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान प्रदान गर्ने थलोको रुपमा लिएको कम्पनीले जनाएको छ । कार्निभलमा हुन्डाईको सबै शोरुमहरुमा फरक,फरक कार्यक्रमहरु आयोजना गरिनेछ ।
लाइभ फुड स्टल, लाईभ सांगितिक प्रस्तुति, बच्चाहरुको खेल्ने क्षेत्र, गाडी सम्बन्धि आवश्यक विभिन्न टीप्स र ट्रीक, निःशुल्क गाडीको परीक्षण र चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी सम्बन्धि विशेष जानकारी र अन्तर्क्रिया, ईभीको हाई भोल्टेज चेकअप, मोटोर र्याली जस्ता विभिन्न कार्यक्रम संचालन हुनेछन् । तीन दिन चल्ने कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टीकटक प्रतिस्पर्धा, एक्सटर ट्रेजर हन्ट, टेष्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘ह्वील अन हिल्स’ कार्यक्रम संचालन हुनेछ छ । कार्निभलमा समावेश भएर विजेता बन्ने सहभागीले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा होलपुलकाका वाशिङ मेसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।