आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा बन्न लागेको अपर तामाकोशीको विद्युत प्रशारण लाइन सवस्टेशनको सन्र्दभमा करिब १७ सय रोपनी स्थानीयवासीको जग्गा रोक्का रहेको बताइन् । उनले मानव वस्ती बीचबाट प्रशारण लाइन लैजाँदा त्यहाँका जनताले असुरक्षाको महशुस गरेको जानकारी गराइन ।
लामो समयदेखि स्थानीयहरु मानव बस्तीबाहिर प्रशारण लाइन लैजान माग गर्दै आन्दोलित रहेको बताउँदै सांसद गौतमले त्यसबारेमा स्थानीयबासी प्रतिनिधिसँग सरकारले बार्ता गरी समाधान गर्नका लागि माग गरेकी छिन् ।