सिद्धार्थ प्रिमियरका ग्राहकलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजारसम्म छुट


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज धरेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टसहित अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट सहजरुपमा ट्राभल बीमा प्राप्त गर्ने तथा अन्य बीमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ ।

गुरु ट्राभल्सका ग्राहकहरुले एकै स्थानबाट ट्राभल बीमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । साथै, सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउन पनि दुई संस्थाबीच सहमति भएको छ । गुरु ट्राभल्स २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ ।

आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ। कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सहायक महाप्रबन्धक रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *