७६ बर्षिय मखमली खत्रीको जिवन कहानी
भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोट निवासि आज भन्दा करिब ७६ वर्ष अगाडि जन्मनु भएकी मखमली खत्री भाउजुसँग गरिएको कुराकानि ।
भाउजु नमस्कार ?
बाबु नमस्कार
आराम हुनु हुन्छ ?
आरामै छु वावु ।
तपाईका पुराना दिन कसरी बिते ?
बाबु पुराना दिनहरु सम्झदां कहालि लाग्छ । किनभने उ वेलामा एकछाक खान पनि मुस्किल हुन्थ्यो ।खेतिवाट उव्जनि धेरै हुदैनथ्यो । भात भन्साका लागि दाउरा फुल्चोकिवाट ल्याउनु पर्थ्यो । बालि जे जति आए पनि खलावाटै तल्छिङगलाई आधा वुझाउन पर्थ्यो । धान काटेकै दिन तल्छिङ आउथ्यो केही भनेमा दुख दिन्थे । उस्तै परे पुलिस प्रशासन ल्याउँथे । शासन धनिकै थियो । हामी निमुखाले केही वोल्न पाईदैनथ्यो । उ वेलामा बाल वच्चा पनि धेरै हुुने भएकोले धेरै दुख गर्नु पर्थ्यो । ज्याला गर्न जानु पर्थ्यो । लगाउने लुगा समेत धेरै हुदैनथ्यो । श्रीमान पनि कामत गर्नु हुन्थ्यो तर श्रीमानको पनि खासै कमाई थिएन । भन्नुनै पर्दा विहान वेलुका छाक टार्ननि धौ धौ नै हुन्थ्यो भन्दा पनि फरक पर्दैन बाबु । पानिको त्यतिकै दुख हुन्थ्यो एक गाग्री पानी लिन आधा घण्टा धाएर वस्नेत गाउँ सम्म जानु पर्थ्यो । डर लाग्थ्यो । जसरि भए पनि पानी नल्याई सुखै थिएन । १,२ वजेर उठेर पधेरामा जानु पर्थ्यो । चाडो नगएमा पानी भर्न गार्हो हुन्थ्यो ।सवैले आ आफनो पालोमा भर्ने चलन थियो । उवेलाका सासुहरु कडा हुन्थे । सासुका गोडा मिच्नु पर्थ्यो ।हामिले सासुहरु प्रति केहि जवाफ लाउनै पाईने थिएन । जे भए पनि मेरि सासुले मलाई गालि गरे तापनि जे खाए पनि ढिडो, रोटि ,पान रोटि टन्न खान दिनु हुन्थ्यो । सजिलोका लागि रोटि विहानै पकाएर राखिन्थ्यो । म चाहिँ सासुदेखि खुसि थिए । माया गर्नु हुन्थ्यो । काम धेरै गर्नु पर्थ्यो । फुर्सद हुदैनथ्यो । नुन खोर्सानि र रोटि वढि खानु पर्थ्यो । हामिलाई असाध्यै गाह्रो हुन्थ्यो । तेहि भयर त अहिले रोग लागेर थला परिएको होनि बाबु ।गाउँमा अरु बुहारिहरुको कुरा सुन्दा टन्न खाना नपाएको र चोरेर भए पनि खान्थ्यौ भन्ने साथिहरु थिए ।त्सैलेले वावुु हामिले धेरै दुख कष्टले बाल वच्चा हुर्काएका हौ ।
तपाईले चाडवाड कसरी मनाउनु भयो ?
चाडवाड आउँदा छोरा छोरीहरु स साना दशै आयो सवै साथिहरुले नयाँ लुगा लगाई सके हाम्रो पनि ल्याई दिनु पर्यो भनी रुन्थे । वुझ्दैनथे । साहुसँग व्याजमा ऋण काडेर लियो व्याज तिर्न धेरै गार्हो हुन्थ्यो । पहिले नै घ्यूखाने व्याज भनेर एक सयमा पाँच रुपैया कटाएर मात्र दिन्थे । चाडो तिर्न सकिदैनथ्यो । नतिरे पछि सावाँ र व्याज गरि सावाँ एकमुष्ट बनाउथे ।जति भए पनि कागज गराउथे । कागज गर्नै पर्थ्यो बाबु।त्यसमा साहुजनकै हालि मुहालि हुन्थ्यो । हामिले केही वोल्न आट हुदैनथ्यो ।हमि महिलाले केही वोल्यो भने मुख मुखै लागि भनेर हाम्रो घर झगडा वनाई दिन्थे ।जे भने पनि सहनु पर्ने समय थियो बाबु ।
तपाईलाई जीवन धान्न गार्हो भयो होला ?
भन्नु भयो । मलाई मात्र जीवन धान्न गार्हो होईन बाबु सवैलाई गार्हो थियो । तर मलाई झन गाह्रो भयो ।किन भने सासुको पनि निधन भयो । श्रीमानको पनि चाडै निधन भयो । बाल वच्चा सानै थिए ।दुख लडाई सङघर्ष गर्दै आए । जेठो छोरो अलि वुझने भए पछि नुनतेल भरथेक गर्नका लागि जागिर खायो ।अलि अलि सहज हुँदै आयो ।पढाउन सकिएन ।नपढाए पनि आ आफनो गच्छेअनुसार काम गर्न थाले । तर बिचमा मेरि जेठि छोरिको अकस्मात निधनले म अति दुःखित भए । नाति नातिनाको पिर लाग्दछ । अरु त सवै ठिक छ बाबु ।
भाउजुलाई हिडन डुल्न खान कतिको सहज छ ?
बाबु हिडडुल गर्नत गार्हो छ ।लठ्ठि नटेकि हिड्न सक्दिन ।छोरा छोरि,नाति नातिना सवैले माया गर्दछन । खानेकुरा विहान बेलुका खाना राम्रै खान्छु ।पिरो अमिलो जथाभावि खानाले पेटलाई सहदैन। आफुले त दुख पाईन्छ पाईन्छ आफुले गर्दा छोरा बुहारिलाई समेत दुख हुन्छ । दहि दूध जे खाउ मिठो मसिनो दिएका छन् ।छोरा भन्दा पनि मलाई बुहारिहरुले माया गर्छन र उनीहरुवाट मैले माया पाएकोले सुकिलो मुकिलो हुन पाकोछु । खानेकुरामा मलाई जे रुच्छ पुर्याई दिएका छन । उनिहरु पनि दुख गर्छन । नाति जातिनाहरु पढाउनु पर्यो ।गार्हो छ । वच्चाहरु वुझ्दैनन् । भने जति पैसा दिनु पर्छ ।व्यवहार ठूलो हुँदै आईसक्यो । हामि पहिला देखिनै दुख पाएकाले अहिले पनि दुख गरेकैछ । दुख गर्नु पनि पर्छ ।
मेरो त करकर गर्ने वानि । कुरा मात्रै हो वावु । काम गर्न केही सक्दिन ।
वुढेस काल भयो अब भाउजुलाई सरकारले के गरि दिए जस्तो लाग्दछ ?
हुनत वावु आ आफना बाबु आमालाई छोरा छोरिहरुलेनै हेर्नु पर्नेत हो ।तर सरकारले सय रुपैयादेखि बढाएर अहिले चारहजार महिनामा दिएको छ । तर महगिं वढेर केही छुन सकिन्न । बरु सरकाले यहि वडामा हाम्रा लागि मात्र जेष्ठ नागरिक अस्पताल वनाई दिएमा राम्रो हुन्थ्यो छुटै टाढा जान नपर्ने गरि सरकारले व्यवस्था गरि दिएमा हामी वुढा वुढिवाट आशिष दिनेथियौ । अर्को कुरा हामिलाई सरकारले चार हजार दिएको छ ।यसले हामिलाई खासै पुग्दैन । मिल्छ भने थप दुई हजार दिई छ हजार पुर्याई दिएमा समयानुसार सहज हुने थियो भन्ने मलाई लाग्दछ । भन्न त सरकारले ज्येष्ठ नागरिकलाई हेर्नु पर्छ त भनेको छ । त्यहि अनुसार हामिलाई समय समयमा धार्मिक घुम्न लगि दिएमा झन राम्रो हुने थियो । अरु त के भनौ सवै यस्तै हो बाबु।
अन्त्यमा भाउजुसँग आशीर्वाद मागे
मेरो विहे गर्दा वावुसानो हुनु हुन्थ्यो ।अहिले वावुनै वुढो भाको जस्तो लाग्छ ।तपाईलाई रोग नलागोस ।लोभ लाभमा नफस्नु ।आफजा बाबु वाजेको इज्जत राख्नु । सवैले मान मर्यादा गरून । सवैको अगाडि शिर नझुकोस ।वावुलाई मेरो सधैं भरि शुभ आशिर्वाद छ । नमस्कार ।
हस भाउजू नमस्कार ।
बिस्वनाथ ढुंगेल
संयोजक ज्येष्ठ नागरीक समन्वय समिति
सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोट