एरिकाले एसियाडमा नेपाललाई दिलाएको ऐतिहासिक पदक


हान्झाउ । कबड्डी खेलाडीले पदक लगाएको खुसी मनाउँदै गर्दा कराते खेलाडी एरिका गुरुङले झनै ठूलो खुसी थपिदिइन् । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितिन् । नेपालका लागि जारी एसियाडमा दोस्रो, एसियाडको इतिहासमै अहिलेसम्मको तेस्रो रजत र करातेमा अहिलेसम्मकै चौथो पदक उनले जितेकी थिइन् । एरिका, कराते र नेपाली खेलकुदकै लागि यो ऐतिहासिक पदक बन्यो । नेपालले २५ वर्षपछि एसियाडमा व्यक्तिगतर्फ रजत जिताउने खेलाडी बनिन् एरिका । टिम इभेन्टसहित भन्दा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको हो । सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालले प्याराग्लाइडिङमा एक मात्र रजत पदक जितेको थियो । यस्तै नेपालले पछिल्लो तीन संस्करणमा एउटा मात्र पदक जित्ने क्रम समेत यस पटक भंग भयो ।

नेपालले २००६ को दोहा एसियाडपछि पहिलो पटक एक भन्दा बढी पदक पनि जित्यो । एरिकाले रजत पदकलाई कडा मिहिनेतको फल भएको बताएकी छन् । ‘मैले गरेको कडा मिहिनेतको फल हो यो । मैले आफूले सक्ने बेस्ट दिएको हो । उसले पनि राम्रो खेल्यो । सायद म चुके होला’, रजत जितेपछि एरिकाले भनिन्, ‘भविष्यमा अझ धेरै कडा मिहिनेत गर्ने र अझ स्मार्ट बन्ने छु । उनले यसलाई एउटा सिकाइको रुपमा लिएको पनि बताइन् । ‘मैले हार भन्दा पनि एउटा लेसनको रुपमा लिएको छु र यसले मोटिभेसन दिन्छ र सकरात्मक रुपमा लिएको छु । ६८ केजीमाथि तौल समूहमा जम्मा ८ खेलाडी मात्र सहभागी थिए । त्यसमा सिधै क्वाटरफाइनल खेल खेल्नुपर्‍यो र दुई खेल जितेको खण्डमा नै रजत पदक पक्का हुने थियो । एरिकालाई पनि त्यो अवसर थियो । तर भर्खरै इन्डोनेसियामा भएको १०औं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर आएकी एरिकालाई चुनौती पनि उत्तिकै थियो । किनभने उनको विपक्षी उत्तिकै राम्रो थिइन् भने नेपालले आशा गरिएको खेलमा खराब प्रदर्शन गर्दा करातेबाट पदक जित्ने चुनौती पनि बढिरहेको थियो । त्यसमा एरिका पनि खरो उत्रिइन् । उनले आफ्नो पहिलो खेलमै वर्ल्ड च्याम्पियन भइसकेकी जापानी खेलाडी युजुकी सावाएलाई शेन्सोको आधारमा हराउँदै सेमिफाइनलमा प्रवेश गरिन् । जापानी खेलाडीसँग १ १ को स्कोर बराबी हुँदा सुरुमा अंक जोडेको आधारमा एरिका अगाडि बढेकी हुन् । सेमिफाइनलमा भने उनले हङकङकी खेलाडी यान काई होलाई ८(४ ले पराजित गर्दै फाइनल प्रवेश गरिन् । फाइनल पुगेपछि उनले रजत पदक पक्का गरेकी थिइन् र उनको फाइनल भिडन्त काजकस्तानकी सोफ्या बेरुल्तसेभासँग पर्‍यो । लगातार दुई खेल जितेपछि नेपाली टोली निकै उत्सहित थियो । तर विश्व स्तरीय खेलाडीसँग भने एरिका ३ ० ले पराजित भइन् र स्वर्णबाट जित्नबाट बञ्चित भईन ।

करातेमा यसअघि नेपालले तीन कास्य जितेको थियो । सन् १९९४ मा सीता राई, १९९८ मा समर बहादुर गोले र २०१४ मा विमला तामाङले करातेबाट कास्य जितेका थिए । एरिकाले शनिवार त्यस्ता खेलाडीसँग फाइनल खेलिन् जो आफ्नो तौल समूहमा विश्व नम्बर वान खेलाडी हुन् । अनि वर्ल्ड च्याम्पियनसिप र ओलम्पिकमै पदक जितिसकेकी खेलाडी हुन् । कजाकस्तानकी बेरुल्त्सेभाले वर्ल्ड च्याम्पियनसमा २०२१ मा कास्य पदक जितेकी थिइन् । यस्तै टोकियो ओलमेपिकमा भने ६१ केजीमाथी कास्य पदक जितेकी थिइन् । कराते वान प्रिमियर लिग र एसियन च्याम्पियनसिपमा उनी मल्टी गोल्ड मेडलिस्ट हुन् । त्यस्ता खेलाडीसँग पनि एरिका जित्नकै लागि फाइनल खेलेकी थिइन् । ‘हामीले ट्रेनिङ गर्दा उनीहरुको टेक्निक खेलेर सिक्ने गर्थ्यौँ । उनीहरुको खेल हेरेर नै हामीले सिक्ने हो । उनीहरु वर्ल्डकै ‘आइडल’ खेलाडी हो । अहिले यो तौल समूहमा उ वर्ल्डकै नम्बर वान हो । हामी अपग्रेड गर्दैछौं’, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले भने । ६८ केजी तौल समूहमा एरिकाले आज खेलेको तीनवटै विपक्षी विश्व वरियतामा शीर्ष १३ भित्र छन् । क्वाटरफाइनलमा उनले हराएकी जापानी खेलाडी युजुकी पाँचौ र हङकङकी काई यान हो १३औं स्थानमा छन् । विपक्षी नम्वर वान भएपनि फाइनल एउटा विपक्षी सम्झेर खेल्न भनेको प्रशिक्षक कुशल श्रेष्ठले बताए । एसियाडअघि नेपालले इन्डोनेसियामा भएको वर्ल्ड शितोरियो कराते पेडेरेसन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । त्यसले पनि एरिकाको मनोबल उच्च बनाएको थियो । हाम्रो झण्डा बीचमा भाको भए अझ राम्रो हुन्थ्यो । पदक जितेपछि मेडल सेरेमोनीमा स्वर्ण रजत र कास्य जित्ने खेलाडीको देशको झण्डा माथि राखिन्छ । त्यो क्षण खेलाडी र देशको लागि महत्वपूर्ण हुन्छ ।

कसले जित्यो भन्दा पनि त्यहाँ देशको नाम अगाडि आउँछ । स्वर्ण जित्ने खेलाडीको देशको झण्डा बीचमा थियो । नेपालको झण्डा पनि त्यही लहरमा थियो । तर बीचमा काजखस्तानको झण्डा थियो । ‘हाम्रोसहित झण्डाहरु माथि गइराथ्यो । हाम्रो झण्डा बीचमा भाको भए अझ राम्रो हुन्थ्यो । अब भने नेपालले पनि कठा महिनेत गरेमा जित्न सकिन्छ भन्ने एरिकालाई लागेको छ । ‘म गोल्डकै लागि फाइट गरेथेँ । हामीले गर्न सक्ने रैछ भन्ने लाग्यो । यस्तै उनले आफ्नो मेडल पनि हेरेकी थिइन् । त्यस बारे सोध्दा उनले यसको गहिरो अर्थ भएको बताइन् । ‘मेरो हार्ड वर्कलाई हेरेको हो । यसको ‘डिप मिनिङ’ छ’, उनले मन्द मुस्कानसहित भनिन् । पदक जितेपछि उनले नेपालमा ममीलाई फोन गरिन् । ‘ममीले प्राउड अफ यू भन्नुभयो,’ उनले सुनाइन्, ‘पदक जितेपछि भगवानलाई सम्झिएँ । यो पदक देशको लागि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *