कुमारी बैंकको टीकाअघि नै दक्षिणा योजना


काठमाडौं । कुमारी बैंकले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो ।

योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०,५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैयाँसम्म क्यास ब्याक दिइने बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधा असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *