आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । आङ्बो माओवादी केन्द्रकाे कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको हो,’ पाण्डेले भने, ‘सम्भव भए आजै नै दाबी पेस गर्ने समेत कुरा भएको छ ।’

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *