विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

काठमाडौं । विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

यो विधेयक प्रतिनिधि सभामा २७ भदौ २०८० मा आएको थियो । विधेयकका सन्दर्भमा सरोकारवालाहरुले चासो राख्दै आएका छन् । संविधान कार्यान्वयनसँग जोडेर राजनीतिक दलहरुले पनि यो विधेयकलाई महत्वपूर्ण विधेयकका रुपमा हेरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *