नबिल बैंकले दशैंका लागि ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने


काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमलबिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ ।

साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *