मनाङ एयरलाई क्यानले गर्यो एओसी निलम्बन
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्जाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनासँगै प्राधिकरणले तत्काल मनाङ एयरलाइ दिएको एओसी निलम्बन गरेको हो । तीन महिनाको अबधिमा दुुई ठूला दुर्घटना भएको भन्दै प्राधिकरणले तत्काल एओसी निलम्बन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
गत असारमा समेत मनाङ एयरले जहाज दुर्घटनामा परेको थियो । छोटो समयमा एकै वायुुसेवा कम्पनीका २ ठूला दुुर्घटना घटेको भन्दै प्राधिकरणले एओसी नै निलम्बनको तयारी भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । गत असार २६ गते सोलुखुम्बुको लामजुरा पास नजिकै मनाङ एयरको हेलिकप्टर दुर्घटनाहुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो । उक्त जहाजका क्यापटेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएका थियो ।