एनआईसी एशिया बैंकको ३० प्रतिशत लाभांश पारित


काठमाडौं । एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारण सभाले प्रस्तावित ३०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका योग्य सेयरधनीहरुले आर्थिक वर्ष २०७९।८० को नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड नाघेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७९.८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *