माँ बगलामुखी सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न , मिस नेवा ११४३ सकिना महर्जन सदभावना दुतमा नियूक्त


ललितपुर । उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालन हुँदै आएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिको १४ औं बार्षिक साधारणसभा सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्व तथा सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त साधारण सभाको अवसरमा मिस नेवा ११४३ सकिना महर्जनलाई सदभावना दूत समेत नियूक्त गरिएको छ । सो अवसरमा प्रमुख अतिथि चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको प्रतिवेदनमा उल्लेखित सबै वित्तिय सूचकाङ्क राम्रो देखिएको बताए । अहिलेको अवस्थामा समेत संस्थाले आफ्नो वासलात बढाउन सकेको खुशी समेत व्यक्त गर्नु भयो ।

उहाँले यस संस्थाको तरलता र वित्तीय अवस्था राम्रो रहेको, आफ्ना शेयर सदस्यहरुलाई यसले राम्रोसँग सेवा प्रवाह गरिरहेको र सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, महिला समूह, बालबालिका सँग सम्बन्धित बिभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरु सञ्चालन गरिरहेकोले यस संस्थामा शेयर सदस्यहरुले निर्धक्क साथ कारोवार गर्न आग्रह गरे । त्यसैगरी राष्ट्रिय सहकारी बैंक, न्यूरोड शाखाका प्रमुख रमा घिमिरेलाई उक्त साधारणसभाको अवसरमा लगनखेल शाखा प्रमुख हुँदा माँ बगलामुखी सहकारीलाई निरन्तर सहयोग र मार्ग निर्देशन दिएका कारण सम्मान समेत गरेको थियो । सम्मान प्राप्त गरे पश्चात उक्त अवसरमा बोल्नु हुँदै रमा घिमिरेले यस प्रकारको सम्मानले सहकारी क्षेत्रमा काम गर्न थप उर्जा प्राप्त भएको बताउनु भयो । साथै सहकारी बैंकले माँ बगलामुखी सहकारी संस्था उत्कृष्ट सहकारी संस्था भएको कारण आर्थिक बर्ष २०७९।८० मा पुरस्कृत गरेको र सहकारीको सवै वितिय सुचाकं उत्कृष्ट रहेको समेत बताउनु भयो । उक्त साधारणसभाको अवसरमा १४ वटा सहकारी संस्था मिलि गठन भएको यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष अष्टलाल महर्जनले माँ बगलामुखी सहकारीको आफ्नै सुविधा सम्पन्न भवन निमार्ण भई सो भवनबाट समेत सेवा विस्तार गर्न लागेको खबरले आफू अत्यन्तै खुशी रहेको तथा माँ बगलामुखी सहकारी संस्था अन्य सहकारी संस्थाको लागी समेत उदाहरणिय रहेको बताउनु भयो ।

साधारणसभा कै अवसरमा सदभावना दुत नियुक्त भएकी मिस नेवा ११४३ सकिना महर्जनले माँ बगलामुखी सहकारीको सदभावना दुत नियुक्त हुन पाँउदा आफु अत्यन्तै खुशि भएको तथा सहकारीलाई अझ राम्रो बनाउनु आफ्नो पुर्ण सहयोग र साथ रहने कुरा व्यक्त गर्नु भयो । अध्यक्षता गर्दै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस संस्थाकै सञ्चालक समितिको सक्रियता , शेयर सदस्यूहरुको साथ , सहयोग, विश्वास र मायाँ तथा कर्मचारीहरुको मेहनत र परिश्रमका कारण १४ वर्ष अगाडि ६ लाख ५० हजार पूँजीबाट स्थापना भएकोे संस्थामा यतिबेला ३८ करोड ५४ लाख भन्दा बढी वित्तीय कारोवार पुगेको र चालु आर्थिक वर्ष २०८०।०८१ को अन्तसम्ममा यस संस्थामा ४ करोड शेयर पूँजी र ४५ करोड वित्तीय कारोवार पु–याउने लक्ष्य रहेको अध्यक्ष महर्जनले बताए । अध्यक्ष महर्जनले गत असार मसान्तसम्म यस संस्थाले करिब ७३ लाख मुनाफा गरेको समेत बताउनु भयो । साधारणसभामा त्यसै संस्थाका सचिव रुजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाकी कोषाध्यक्ष अञ्जु तण्डुकारले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

शेयर सदस्यहरु बीच ती प्रतिवेदन उपर छलफल समाप्त भएपछि साधारणसभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए । त्यसैगरी २०८० सालमा एसईईमा पास भएका सदस्यका छोरा र छोरी नयन डंगोल, स्वपनिल महर्जन, श्रद्धा महर्जन, सोलिल प्रधान, विकेश तण्डुकार, सौखद खड्गी, उमेश आचार्य ,प्रिविन्द्रमान नापित, स्वस्तिका न्यौपाने,मञ्जीमा महर्जन, अशुं श्रेष्ठ, सरियास शिल्पकार, अञ्जली श्रेष्ठ, आयशा देउला, रितिका महर्जनलाई सम्मान गरेको थियो । साथै २०८० सालको बेष्ट बचतकर्ता चिरिकाजी महर्जन , बेष्ट ऋणि राम तण्डूकार र बेष्ट कर्मचारी सविता तण्डुकारलाई प्रशंसापत्र वितरण गरिएको थियो । सम्मानको क्रममा यस सहकारीको सदस्य राष्ट्रिय पौडी खेलाडी नवौं राष्ट्रिय खेलकुल २०७९ मा पौडी खेलमा दोस्रो हुनु भएको उल्भिन महर्जन र एज्म् गरेका डा.सुधिर शाक्यलाई सम्मान गरेको थियो । साथै माँ बगलामुखी सहकारी संस्थाको स्थापना देखि साथ र सहयोग दिँदै आएको सहकारीको आफ्नै महिला समूह कोन्ती सक्रिय महिला बचत समूहलाई पनि सम्मान गरिएको थियो भने तलाछें माँ पुचःलाई समुह तर्फ उत्कृष्ट कारोवार विधामा प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिले साधारणसभा भव्य रुपमा सञ्चालन गर्न सहयोग गर्न सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *