एमालेको नामबाट जसले नेतृत्व गर्दै हुनुहुन्छ, उहाँ रियल एमाले होइन ः प्रचण्ड


काठमाडौं । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘रियल’ एमाले नभएको दाबी गरेका छन् । ओलीको नाम नै नलिई उनी गणतन्त्रवादी नभएको पनि जिकिर गरे । अहिले एमालेको नामबाट जसले नेतृत्व गर्दै हुनुहुन्छ, उहाँ रियल एमाले होइन । उहाँ गणतन्त्रवादी होइन । उहाँ संघीयतावादी होइन । उहाँ समानुपातिक, समावेशी लोकतन्त्रको पक्षधर होइन ।

उनले एमालेको तत्कालीन महासचिव माधव कुमार नेपाल नभएर ओली भएको भए गणतन्त्र नआउने समेत बताए । मलाई कहिलेकाहीँ डर लाग्छ । त्यतिबेला माधव नेपाल नभएर अहिले तथाकथित एमालेको अध्यक्ष त्यतिबेलाको महासचिव भएको भए देशको हालत के हुन्थ्यो होला ?, उनले भने, के हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा हुन्थ्यौँ त ? मलाई शंकामात्रै होइन, झन्डैझन्डै असम्भव जस्तै लाग्छ । उनले आफूले जनयुद्ध र माधव नेपालले जनआन्दोलनको नेतृत्व गर्दा भूमिगत रुपमा लामो वार्ता संवाद गरिएको बताए । युद्ध र आन्दोलनको माध्यमबाट सामन्तावादमाथि सँगसँगै प्रहार गरेको सुनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *