बालबालिकालाई भिटामिन ए खुवाउने कात्तिक १७ र १८ मा
काठमाडौं । बालबालिकाहरुलाई प्रत्येक वर्ष राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्व दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी पनि सोहि दिन खुवाइनेछ ।