सानिमा बैंकको भ्रामक समाचारप्रति ध्यानार्कषण
काठमाडौं । सानिमा बैंकले आफ्नो संस्था बारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका प्रमुख निक्षेप हेमराज सन्ज्यालद्वारा आइतबार जारी विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
‘विगत केही समयदेखि केही अनलाइन सञ्चार माध्यममा यस बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।