स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।