सन्दीपले लिए यूएईको विकेट , नेपालको लागि छैटौं सफलता

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र यूएई बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो। पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो छैठोँ विकेट गुमाएको छ । छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले आजको खेलमा लिएको यो दोस्रो विकेट हो ।

उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *